पोखराको बाझापाटनबाट लागु औषध र नगदसहित दुई जना पक्राउ

पोखराको बाझापाटनबाट लागु औषध र नगदसहित दुई जना पक्राउ

laagu-aaushadh

पोखरामा लागु औषधसहित दुई जना पक्राउ परेका छन्।

वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले अवैध लागु औषधसहित दुई जनालाई पक्रेको हो।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं -१३ बाझापाटन बस्ने ३५ वर्षीय विनोद बि.क र पोखरा -२० मौजा घर भइ हाल सोही स्थान बस्दै आएका ३६ वर्षीय अर्जुन गुरुङ रहेका छन्।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा उनीहरुको शरीर तथा घरको कोठा खानतलासी गर्दा अर्जुन गुरुङको घरको कोठाबाट लागु औषध नुर्फिन १४ एम्पुल, फेनारगन १४ एम्पुल, डाईजेपाम १४ एम्पुल गरी जम्मा ४२ एम्पुल र नगद छब्बिस हजार एक सयसहित मोवाइल दुई थान वरामद भएको हो।

हाल प्रहरी नियन्त्रणमा रहेका उनीहरुमाथि आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds