पोखरामा प्रतिवादीलाई छुटाईदिने भन्दै ५ लाख माग गर्ने दुई जना पक्राउ

पोखरामा प्रतिवादीलाई छुटाईदिने भन्दै ५ लाख माग गर्ने दुई जना पक्राउ

arrested

पोखरा। पक्राउ परेका व्यक्तिलाई छुटाई दिन्छु भन्दै रकम ठगी गर्न खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

गत असोज १९ गते पोखरा -१९ लामाचौरमा जुवा तथा सट्टेबाजी गर्न नहुने मुद्धामा अनुसन्धानमा रहेका प्रतिवादीलाई छुटाइदिने भन्दै नगद पाँच लाख ठगी गर्न खोज्ने दुई जनालाई कास्की प्रहरीले आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेमा काभ्रे जिल्ला खानिखोला गाउँपालिका वडा नं -१ घर भइ हाल पोखरा -५ बस्दै आएका २९ वर्षीय चन्द्र बहादुर बल र गोरखा जिल्ला शहीद लखन गाउँपालिका वडा नं -१ घर भइ पोखरा -२६ अर्घौंचोक बस्दै आएका ३१ वर्षीय जीवन गुरुङ रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।

हमालका अनुसार उनीहरुले जुवा तथा सट्टेबाजी मुद्धामा अनुसन्धानमा रहेका प्रतिवादीहरुलाई आफूहरुले प्रहरी, वकिल र अदालतमा चिनेका व्यक्तिहरु भएको र मुद्धा मिलाइदिने भन्दै पाँच लाख माग गरेका थिए।

घटनाको जाहेरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेका उनीहरुमाथि ठगी, अपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता हमालले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds