सुजिता बस्नेत बनिन् ‘मिस युनिभर्स नेपाल २०२१’

सुजिता बस्नेत बनिन् ‘मिस युनिभर्स नेपाल २०२१’

mmiss-univesre

काठमाडौँ । दोस्रो संस्करणको ‘मिस युनिभर्स नेपाल २०२१’ को उपाधि सुजिता बस्नेतले जितेकी छन् ।

शनिबार राजधानीको होटल याक एन्ड यतिमा भएको फिनालेमा १५ प्रतियोगीलाई पछि पर्दै सुजिताले मिस युनिभर्स नेपालको ताज पहिरिन सफल भएकी हुन् ।

उपाधि उचाल्न सफल सुजिताले १० लाख नगदसहित हिरा जडित ताज पहिरिएकी छन् । उनलाई गत वर्षकी मिस युनिभर्स नेपाल विजेता अंशिका शर्माले ताज पहिर्याएकी थिइन् ।

विजेता सुजिताले आगामी १२ डिसेम्बरमा इजरायलमा आयोजना हुने ‘मिस युनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छिन् ।

विजेता सुजितासँगै फस्ट रनरअप निनाकान्ता मण्डल, सेकेन्ड रनरअप रक्षा उप्रेती, थर्ड रनरअप प्रतिक्षा महरा क्षेत्री र डा. केशु खड्का फोर्थ रनरअप भएका छन् ।

उमङ्ग क्रियशनको आयोजना र प्रशोधन कम्पनी ओरिफ्लेम मुख्य प्रयोजक रहेको प्रतियोगिताको निर्णायकमा गायिका इन्दिरा जोशी, मानषी अग्रवाल, सरिता ज्ञवालीलगायत रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ