पोखरा। कास्की प्रहरीले जबर्जस्ती यौन शोषण गराउन खोज्ने दुई जनालाई पक्राउ गरेको छ।
पोखरा महानगरपालिका वडा नं -८ जाल्पारोड स्थित संगिना खाजा घरमा महिलालाई ललाई फकाई प्रलोभनमा पार्ने तथा डर त्रास देखाएर जबर्जस्ती यौन शोषण गराउन वाध्य पारेको आरोपमा प्रहरीले खाजा घरका संचालकलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ जिल्ला आँबुखैरेनी गाउँपालिका वडा नं -२ घर भई हाल जिल्ला पोखरा -८ जाल्पारोड बस्ने २६ वर्षीय अर्जुन पन्त र गोरखा जिल्ला गण्डकी गाउँपालिका – ७ घ्यालचोक घर भई हाल पोखरा – १४ चाउथे बस्ने २४ वर्षीय बिराज राना मगर रहेका छन्।
कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालका अनुसार उक्त खाजा घरमा जबर्जस्ती यौन शोषण गराउने गरेको भन्ने सूचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलिले सोमबार साँझ अन्दाजी ९ बजेको समयमा एक महिलालाई जबर्जस्ती दुई पुरुषले मोटरसाइकलमा लैजाँदै गरेको अवस्थामा प्रहरीले उद्धार गरेको हो।
हाल उद्धार गरिएकी महिलालाई प्रहरीले आफन्तको जिम्मा लगाएको छ भने, खाजा घरका संचालक दुवैलाई मानव बेचविखन तथा ओसारपसारमा मुद्दा दर्ता गरी जिल्ला अदालत कास्कीबाट १० दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाएको प्रवक्ता हमालले बताए ।
सम्बन्धित खबर
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
छोराको कुटपिटबाट आमाको मृत्यु
जेठी श्रीमती मार्दा कैद मिनाहा पाएका यामबहादुरले कान्छीलाई पनि बाँकी राखेनन्
स्याङ्जामा १२ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा एक पक्राउ
लिफ्ट दिने बहानामा महिलामाथि दुर्व्यवहार गर्ने एक युवक पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो