केसीको पूण्य तिथिमा सहारा एकेडेमीलाई सहयोग सम्झौता: १० वर्षसम्म वार्षिक १५ लाखले डेढ करोड

केसीको पूण्य तिथिमा सहारा एकेडेमीलाई सहयोग सम्झौता: १० वर्षसम्म वार्षिक १५ लाखले डेढ करोड

sahara-6

पोखरा । सहारा क्लब पोखराद्वारा सञ्चालित सहारा एकेडेमीलाई दिवंगत उद्योगपति, राजनीतिज्ञ तथा सामाजिक अभियान्त सूर्य बहादुर केसीको परिवारले १० वर्षमा डेढ करोड दिने भएको छ ।

स्व. केसीको परिवारले उनको इतिहासलाई जीवन्त बनाई राख्न एकेडेमीलाई वार्षिक १५ लाख दिने गरी १० वर्षका लागि क्लबसँग सम्झौता गरेको हो । स्व.केसीको प्रथम वार्षिक पूण्य तिथीको अवसरमा एक समारोहकाबीच उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ ।

सम्झौता भएसँगै एकेडेमीको नामाकरण समेत सूर्य बहादुर केसी स्मृति सहारा फुटबल एकेडेमी रहने क्लबद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

स्व.केसीकी धर्मपत्नी प्रेम कुमारी केसी, छोराहरु प्रकाश केसी, किरण केसी र रोशन केसीको उपस्थितीमा सम्झौतापत्र आदान प्रदान गरिएको हो । २० वर्षदेखि सहाराले आयोजना गर्ने फुटबल प्रतियोगितामा केसी परिवारले प्रमुख प्रायोजन गर्दै पनि आएको छ ।

केसीका छोरा तथा युवा उद्योगपति प्रकाश केसीले सहारासँग आफ्ना बुबाको संस्थागत निकटता र सबैलाई मायाको दृष्टिकोणले हेर्ने भएकोले पनि परिवारले एकेडेमीको उन्नयनको लागि सम्झौता गरेको बताए ।

त्यस्तै स्व.केसीका माहिला छोरा किरण केसीले आफ्नो बुवाको नाम सहारा एकेडेमी सँग जोडिन पाउँदा निकै गौरव लागेको बताए । रोशन केसीले आफ्नो वुवाको काम र विचारलाई स्थापित गर्ने सँगै जिवन्त बनाई राख्न सहारा एकेडेमीसँग जोडिएको उल्लेख गरे । उनले सो अवसरमा भविष्यमा समेत सहाराका हरेक कार्यमा हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

सहारा क्लवका अध्यक्ष हरिराम गुरुङ (सुरज)को अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष गुरुङले २० औं संस्करणको आहा ! रारा गोल्ड माघको ६ देखि १६ गते सम्म हुने घोषणा समेत गर्दै सहारा एकेडेमीलाई स्व.केसीको परिवारले गरेको महत्वपूर्ण सहयोगका लागि आभार प्रकट गरे ।

पोखराबाट फुटबल खेलाडी उत्पादन गर्दै आएको सहारा एकेडेमीमा हाल कठिन परिस्थित र विपन्न वर्गका १४ जिल्लाका २४ बालकहरु आश्रित रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ