म्याग्दीमा सामूहिक बलात्कार गरी फरार दाजुभाइसहित ३ जना पाेखरा र रुपन्देहीबाट पक्राउ

म्याग्दीमा सामूहिक बलात्कार गरी फरार दाजुभाइसहित ३ जना पाेखरा र रुपन्देहीबाट पक्राउ

Balatkar-Aaropi-Pakrau 22 prakash 18 prabesh

म्याग्दी । सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका २२ वर्षीय प्रकाश रामदाम, १८ वर्षीय प्रवेश रामदाम र २४ वर्षीय हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो ।

पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले  प्रकाशलाई रुपन्देहीबाट आइतबार, प्रवेश र  हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिए ।

प्रवेश र प्रकाश सहोदर दाजुभाइ हुन् । प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन् । रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन् । हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन् । प्रवेश र प्रकाश दसैँ मनाउनका लागि अभिभावकसँग पुख्र्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको भनी कात्तिक ४ गते पीडितले जाहेरी दिएकाे प्रहरीले बताएकाे छ ।

मुद्दा दर्ता नहुँदै अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टीकाटिप्पणी, युुट्युबर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरू भागेपछि चुनौती देखिए पनि आधुनिक विधि र प्रविधिको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताए ।

आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दाबी गरेका छन् ।

मुलुकी अपराधसंहिता २०४७ को परिच्छेद १८ को दफा २१९ बमोजिम अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्टि भएमा सातदेखि दस वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच वर्ष कैद सजाय हुने कानुन छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds