म्याग्दी । सामूहिक बलात्कार गरेर फरार भएका तीनजना आरोपी बीस दिनपछि पक्राउ परेका छन् । कात्तिक २ गते एक महिलालाई बलात्कार गरी फरार भएका पुलाचौरका २२ वर्षीय प्रकाश रामदाम, १८ वर्षीय प्रवेश रामदाम र २४ वर्षीय हिट्मेन बानियाँलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले आज सार्वजनिक गरेको हो ।
पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले प्रकाशलाई रुपन्देहीबाट आइतबार, प्रवेश र हिट्मेनलाई आज पोखराबाट पक्राउ गरिएको जानकारी दिए ।
प्रवेश र प्रकाश सहोदर दाजुभाइ हुन् । प्रवेश भारतमा कक्षा १२ अध्ययन गर्छन् । रुपन्देहीमा बस्दै आएका प्रकाश त्यहाँ सुनचाँदी पसलमा काम गर्छन् । हिट्मेन भने पुलाचौरकै स्थायी बासिन्दा हुन् । प्रवेश र प्रकाश दसैँ मनाउनका लागि अभिभावकसँग पुख्र्यौली घर आएका प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।
रातको समयमा सुतिरहेको अवस्थामा घरमै आएका तीन जनाले पालैपालो सामूहिक बलात्कार गरेको भनी कात्तिक ४ गते पीडितले जाहेरी दिएकाे प्रहरीले बताएकाे छ ।
मुद्दा दर्ता नहुँदै अनुसन्धान प्रभावित हुने गरी सामाजिक सञ्जाल फेसबुकमा गरिएका टीकाटिप्पणी, युुट्युबर र नाराबाजीका कारण घटना गिजोलिएर आरोपीहरू भागेपछि चुनौती देखिए पनि आधुनिक विधि र प्रविधिको प्रयोग गरेर आरोपी पक्राउ गर्न सफल भएको प्रनाउ राईले बताए ।
आरोपितका अभिभावक तथा आफन्तहरुले भने सहमतिमा भएको सम्बन्धलाई राजनीतिकरण र विषयान्तर गरेर फसाउन खोजिएको दाबी गरेका छन् ।
मुलुकी अपराधसंहिता २०४७ को परिच्छेद १८ को दफा २१९ बमोजिम अठार वर्ष वा सोभन्दा बढी उमेरकी महिलालाई बलात्कार गरेको कसुर पुष्टि भएमा सातदेखि दस वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था छ । साथै उपदफा ७ बमोजिम सामूहिक करण गरेमा थप पाँच वर्ष कैद सजाय हुने कानुन छ ।
सम्बन्धित खबर
मर्दी पदयात्राका क्रममा हराएका पर्यटक मृत फेला
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
म्याग्दीमा विश्वशान्तिको कामना गर्दै दुई करोड ५० लाख दीप प्रज्वलन
रत्नेचौरमा टिकटक र भिडियो बनाउनेको लर्काे
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो