पोखरा। कास्की जिल्ला क्रिकेट संघले वाई वाई यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि जिल्ला टिम घोषणा गरेको छ । संघले बुधबार १६ सदस्यीय टोलीको नाम सार्वजनिक गरेको हो । संघले दुईदिने क्याम्प गरेर १६ सदस्यीय टोली घोषणा गरेको कास्की जिल्ला क्रिकेट संघका सचिव दिपेन्द्रप्रताप चन्दले जानकारी दिए ।
वाई वाई यु–१९ क्रिकेट प्रतियोगिताको लागि सुवास भण्डारीको कप्तानीमा टोली घोषणा गरेको हो । किरण पौडेल(उपकप्तान), अभिषेक थापा, अर्जुन कुमाल, प्रमोद बास्तोला, नितेश गिरी, सिब्रिन श्रेष्ठ, सोहेल कुवँर, सुवास शर्मा सापकोटा (विकेट किपर), आयुष सैंजु, देव साह, सचिवकुमार यादव, प्रविन पौडेल, निर्मल तिमिल्सिना रहेका छन् । यसैगरी बैकल्पिकमा सञ्चार न्युरे र सुमन बुढा मगर रहेका छन् । प्रशिक्षकमा गोविन्द प्रधान र व्यवस्थापकमा चन्द्रकुमार गुरुङ रहेका छन् ।
कात्तिक २२ र २३ गते पोखरा रंगशालामा भएको क्याम्पबाट दुई बैकल्पिक सहित १६ सदस्यीय टोली घोषणा गरेसँगै बिहीबारबाट बन्द प्रशिक्षण शुरु गरिने संघकाअध्यक्ष सन्जयकान्त सिग्देलले जानकारी दिए । यसअघि संघले कात्तिक १५ देखि १७ गतेसम्म खुल्ला क्याम्प गरेर २४ सदस्यीय टोली चयन गरेको थियो । २४ जनाबाट १६ सदस्यीय टोलीको अन्तिम नामावली निकालेको हो । बिहीबार यु–१९ ले सिनियर मिक्स टिमसँग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै यु–१९ ले भारतको स्थानीय भ्रमणकारी यु–१९ टोली सँग प्रतिस्पर्धा गर्ने छ ।
सम्बन्धित खबर
पुतलीबजार मेयर कप भलिबल प्रतियोगिता स्थगित
पुतलीबजारमा मेयर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने
साम्बालाई उपचारका लागि २ दिनमै डेढ कराेड रुपैयाँ सहयाेग जम्मा
राष्ट्रिय टिमकी कप्तान साम्बा उपचारका लागि सामाजिक सञ्जालमा सहयोग माग्दै
आयोजक सहाराले १२ वर्षपछि जित्यो आहा ! रारा पोखरा गोल्डकपको उपाधि
घान्द्रुक पर्यटन महोत्सवः जलजला पर्वतलाई बास्केटबलको उपाधि, घोडा दौडमा विवेक प्रथम
यो पनि पढौँ
पूर्व मेयर थापाको निधनमा पोखरा महानगरले दियो शोक बिदा
मनकामना दर्शन गरी फर्केको ईभी माइक्रो गोरखामा दुर्घटना, ७ जनाको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित तीन जनाविरुद्ध आरोपपत्र दायर