पोखरा। जिल्ला प्रहरी कार्यालय कास्कीले ठूलो रकमसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ।
शनिबार मध्यराति अन्दाजी २ बजेको समयमा पोखरा महानगरपालिका -१२ चापापानी स्थित नविन गौचनको घरमा तास खेलिरहेका छ जनालाई ठूलो रकमसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए।
हमालका अनुसार उक्त स्थानमा तास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई अठार लाख पचहत्तर हजार पाँच सय तीस रुपैयाँसहित पक्राउ गरेको हो।
पक्राउ पर्नेमा मुस्ताङ जिल्ला थासाङ गाउँपालिका वडा नं -३ घर भइ हाल पोखरा -१२ चापापानी बस्ने ३२ वर्षीय नविन गौचन, पोखरा – १२ फुलबारी बस्ने ४४ वर्षीय काजी गुरुङ, पोखरा – १२ माटेपानी बस्ने ३८ वर्षीय सुर्य गुरुङ, दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं -८ घर भइ पोखरा – २६ बिजयपुर बस्ने ३५ वर्षीय खम्ब सिंह राना, कास्की मोदी गाउँपालिका वडा नं -१० घर भइ हाल पोखरा -१३ संगम टोल बस्ने ३६ वर्षीय खेमराज गुरुङ र पोखरा – १९ घर भइ हाल पोखरा – १६ दिप बस्दै आएका ३५ वर्षीय श्याम श्रेष्ठ छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरुले उक्त स्थानमा जुवा खेल्नकै लागि सिसिटिभी जडान गरी संगठित रुपमा जुवा खेल्ने खेलाउने गरेको प्रवक्ता हमालले बताए। पक्राउ परेका उनीहरु विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी गर्न नहुने मुद्दा शीर्षकमा अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रवक्ता हमालले जानकारी दिए।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा