स्याङ्गजाको बिरुवामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते

स्याङ्गजाको बिरुवामा श्रीमानको बन्चरो प्रहारबाट श्रीमती गम्भीर घाइते

bancharo-prahar

सांकेतिक तस्बिर

स्याङ्गजा।  श्रीमानको बन्चरो प्रहारबाट स्याङ्गजामा एक महिला गम्भीर घाइते भएकी छिन्।

जिल्लाको विरुवा गाउँपालिका वडा नं -७ सुरुङ निवासी ४२ वर्षीय हुम बहादुर थापाले सोमबार बिहानै अन्दाजी ३ बजेको समयमा आफ्नै श्रीमती ४० वर्षीया मिना थापालाई बन्चरो प्रहार गरी घाइते बनाएको प्रदेश प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए।

पौडेलका अनुसार बन्चरो प्रहारबाट श्रीमती मिनाको बायाँ कुम र ढाडमा गहिरो चोट लागेको छ। उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ पठाइएकोमा अस्पतालले पोखरा रिफर गरेको  छ। प्रहरीका अनुसार उनको स्वास्थ्य अवस्था गम्भीर छ।

स्याङ्गजाका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार मदिराले मातिएका श्रीमान हुम बहादुरले घरायसी विवादमा श्रीमती माथी बन्चरो प्रहार गरेको बताए। हाल उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सुधारोन्मुख भएको जानकारी दिए।

घटनाको सूचना लगत्तै खटिएको प्रहरीको टोलीले श्रीमान हुम बहादुरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अधिकारीले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds