तनहुँमा बन्द गराउँदै हिँडेका विप्लवका ११ कार्यकर्ता पक्राउ

तनहुँमा बन्द गराउँदै हिँडेका विप्लवका ११ कार्यकर्ता पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

तनहुँ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द विप्लव नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् ।

आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले माग गरेका छन् । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds