पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले राष्ट्रिय जनगणनाका लागि घरघरमा आउने गणकलाई सही विवरण दिएर सहयोग गर्न आग्रह गरेका छन्।
कास्की जिल्लाको रुपा गाउँपालिका वडा नं. ३ पोल्याङमा निर्माण गरिने नेपाल कुमाल सेवा समितिको पक्कि भवनको शिलान्यास गर्दै उनले सबै जातजातिले सत्य तथ्य पारिवारिक विवरण दिएर राज्यलाई सहयोग गर्नुपर्नेमा जोड दिए ।
निर्माण गरिने भवनले कुमाल जातिकोे उत्थानमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्दै प्रमुख अधिकारीले भवन निर्माणसँगै अन्य आवश्यकताका लागि पनि आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
अल्पसंख्यकका रुपमा रहेका कुमाल समुदायहरु नेतृत्व विकाससँगै उत्पादनसँग जोडिदै आर्थिक उपार्जनततर्फ लाग्नुपर्ने उनको भनाई छ । विगतको जनगणना अनुसार नेपालमा कुमाल जातिको संख्या एक लाख २६ हजार मात्र रहेको तथ्याङ्कमा उल्लेख छ ।
रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले कुमाल समुदायको वाहुल्यता रहेको यस क्षेत्रको विकास निर्माणमा प्राथमिकता दिंदै आएको बताए । साढे चार बर्षको अवधिमा यस वस्तिमा सडक, खानेपानी लगायत विकास निर्माणमा जोड दिंदै आएको जानकारी दिए ।
नेपाल कुमाल सेवा समिति कास्कीका अध्यक्ष मानेन्द्र कुमालले आफ्नो समुदायको हक अधिकारका लागि संगठित भएर लाग्न आग्रह गर्दै भवन निर्माणका लागि आफ्नो व्यक्तिगत तर्फबाट एक लाख १०५ रुपैया आर्थिक सहयोग गर्ने घोषणा गरे ।
छ लाख ९० हजार रुपैँयामा खरिद गरेको पाँच आना जग्गामा निर्माण गरिने पहिल्लो तल्लामा छ कोठा र दोश्रो तल्लामा ट्रष्ट सभाहल सहितको सो भवन जिल्ला समन्वय समिति कास्कीको मौजाद कोषको २० लाख, गाविसको पाँच लाख र बाँकी विभिन्न संघ संस्था एवम् व्यक्तिबाट संकलन गरिने समितिका अध्यक्ष बलभद्र कुमालले जानकारी दिए ।
कार्यक्रममा वडाअध्यक्ष रामजी अधिकारी, सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य सरिता कुमाल, नेपाल कुमाल सेवा समिति कास्कीका सदस्य मिनाकुमाल, हिरालाल कुमाल लगायतले भवन निर्माणले कुमाल समुदायिकलाई एकतावद्ध बनाउँदै मौलिक संस्कृतिको संरक्षणमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु