बागलुङ । बागलुङमा पिकअप जीपले किच्दा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् ।
जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ फाँटबजारमा ग २ च ५९८० नम्बको पिकअप जीपले किच्दा तमानखोला गाउँपालिका–२ का कृष्ण विकको छोरा ८ वर्षीय जोन सिर्पालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ढोरपाटन नगरपालिका–५ का लेवेन्द्र कुवँर, विष्णु सापकोटा, सक्रेनी घर्ती र नरमला घर्ती तथा वडा नम्बर ७ का आकाश घर्ती र वडा नम्बर १ का नरकिताब सुनार घाइते भएका छन् ।
घाइते कुँवरको बाँया खुट्टामा गम्भीर चोट लागेको छ भने नरकिताव सुनारको हात र खुट्टामा गम्भीर चोट लागेकाले थप उपचारका लागि हेलिकोप्टरमार्फत पोखरा पठाइएको छ ।
अन्य घाइतेहरुको हातगोडा र ढाडमा चोट लागेको छ । घाइते सबैको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बुर्तिबाङ फाँटबजारमा पिकअप रोकेर चालक केर बहादुर विक नजिकैको पसलमा सामान राख्न बाहिर निस्किएको अवस्थामा स्थानीय नमबहादुर मल्लले पिकअप चलाउन खाजेपछि दुर्घटना भएको पाइएको छ ।
चालकले चाँबी गाडीमै राखेको र मल्लले गाडी चलाउन नजानी नजानी जवरजस्ती सिक्न खोज्दा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
पिकअप सहित पिकअप चालक र पिकअप चलाएर दुर्घटना गराउने मल्ललाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको जनाइएको छ ।
सम्बन्धित खबर
अकबरे खुर्सानीमार्फत बाँझो जमिनलाई आम्दानीसँग जोड्दै भीरकोट
रास्वपा गण्डकीको सभापतिमा त्रिपाठी निर्वाचित
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार