पछिल्लो २४ घण्टामा देशभरका थप २४२ जनामा कोरोना संक्रमण पुष्टि, ४४४ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा देशभरका थप २४२ जनामा कोरोना संक्रमण पुष्टि, ४४४ संक्रमणमुक्त

Corona update 2

पछिल्लो २४ घन्टामा देशभरका २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड -१९ सम्बन्धी अपडेट अनुसार पछिल्लो २४ घन्टामा ४१४५ पिसिआर र २९९१ एन्टिजेन गरी कूल ७१३६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा देशभरका ४४४ जना संक्रमणमुक्त भएका छन् भने, सोही अवधिमा एक जनाले संक्रमणका कारण ज्यान गुमाएका छन्।

हाल देशभर सक्रिय संक्रमितको सङ्ख्या ७३०३ रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds