पोखरा । अम्बिका–भागवत फाउण्डेशनद्वारा सञ्चालित सङ्घर्षशील सामाजिक पुरस्कार असफल गौतमलाई अर्पण गरिने भएको छ ।
समाजसेवी शिवनारायण बिजुक्छेको संयोजकत्वमा देवी श्रेष्ठ, गोविन्दप्रसाद दवाडी सदस्य, फाउण्डेशन अध्यक्ष भागवत नेपाल र संरक्षक अम्बिका नेपाल पदेन सदस्य रहेको समितिले असफललाई सर्वसम्मत छनौट गरेको हो ।
सभ्य समाज निर्माणमा सङ्घर्षरत प्रतिभालाई हरेक दुई–दुई वर्षमा अर्पण गरिने पुरस्कारको राशि २५ हजार सम्मानपत्र र दोसल्ला रहेको छ ।
शिक्षा, स्वास्थ्य, गाँस, बाँस र कपाससँग जोडिएका आधारभूत आवश्यकता परिपूर्तिमा क्रियाशील फाउण्डेशनले समय–समयमा सहयोग हस्तान्तरण, निःशुल्क स्वास्थ्य तथा आँखा शिविर सञ्चालन गर्दै आएको फाउण्डेशनकी सचिव देवी श्रेष्ठले जानकारी दिइन् ।
फाउण्डेशनले शान्ति माध्यमिक विद्यालय अर्मलाका ८ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति व्यवस्था, कोरोना महामारीमा परेका विपन्न परिवारलाई खाद्यान्न, स्वास्थ्य सामग्री, दुवै मृगौला पीडित वरुण विकलाई आर्थिक सहयोग प्रदान गरेको र हालसम्म दुई हजार बढी सीमान्तकृत समुदाय लाभान्वित भएको फाउण्डेशनकी कोषाध्यक्ष माधवी नेपाल थापाले बताइन् ।
बीएड, एलएलबीका साथै राजनीतिशास्त्र र नेपाली साहित्यमा स्नातकोत्तर गरेका असफल गौतम दर्जन कृतिका सर्जक हुन् । झण्डै तीन दर्जन बढी कृतिका सम्पादक, चार शैक्षिक तथा सामाजिक कोषका संस्थापक उनी यस अघि ४१ वटा सम्मान तथा पुरस्कारबाट विभूषित भइसकेका छन् ।
दुई दर्जन संघसंस्थाका आजीवन सदस्य रहेर विभिन्न क्षेत्रमा योगदान दिएका असफल २०५८ सालदेखि पोखरामा रहेर भाषा साहित्य, पत्रकारिता र समाजसेवाका क्षेत्रमा क्रियाशील छन् ।
हाल मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकी र स्वतन्त्र पत्रकार संघ कास्कीको अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकीको महासचिव, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको कोषाध्यक्ष, डागर स्मृति प्रतिष्ठानको सहसचिवलगायतका संस्थाका विभिन्न भूमिकामा रहेर सङ्घर्षशील जीवन बिताइरहेका छन् ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु