गण्डकीसहित यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

गण्डकीसहित यी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

mausam-photo

पोखरा । देशका पहाडी भू-भागमा आज (बिहिबार) बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।

अहिले बिहान देशका पहाडी भू-भागहरुमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

बिहिबार दिउँसो देशको पहाडी भू-भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

यस्तै, राती प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आँशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds