नवलपुरमा बसको ठक्करबाट सह–चालकको मृत्यु

नवलपुरमा बसको ठक्करबाट सह–चालकको मृत्यु

death body

नवलपुर । पूर्वी नवलपरासी वडा नम्बर १६ डणडामा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु भएको छ।

आज बिहान करिव सवा एक बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना६ख७११३ नम्बरको बसले ठक्कर दिंदा सोही बसका सह–चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा बारा जिल्ला घर भएका अन्दाजी ३० वर्षीय रमेश राउत क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

नेकपा एमालेको महाधिवेशनका कारण पूर्व–पश्चिम राजमार्गमा सवारीसाधन जाममा परेका कारण आफ्नै सवारीसाधन अगाडि आराम गरिरहेको अवस्थामा सह–चालकलाई ठक्कर दिएको प्रहरी प्रवक्ता गिरीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ