पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले मंसिर महिनाभर विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाइरहेको छ । पोखराको सभागृहचोकमा प्रधान कार्यालय रहेको युआरएलले शनिबार तनहुँको दमौलीमा निशुल्क स्वास्थ्य शिविर आयोजना ग-यो।
शिविरमा ३ सय ७ जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको छ । कार्यक्रममा वरिष्ठ मधुमेह, थाइराइड तथा हर्मन रोग विशेषज्ञ डा. नरेश पराजुलीले मधुमेह र टिजी हुनुका कारण र यी समस्या भएपछि अपनाउनुपर्ने सावधानी र परिवर्तन गर्नुपर्ने जीवनशैलीबारे प्रकाश पारे ।
हाल शिक्षण अस्पताल काठमाडौंमा कार्यरत डा पराजुलीले अहिले विश्वमा १० जनामध्ये १ जनामा मधुमेह देखिएको तथ्यांक प्रस्तुत गर्दै जीवनशैली परिवर्तन गर्दै स्वस्थ जीवन बाच्न र बेला बेलामा चेकचाँज गराउन सल्लाह दिए । मधुमेहले अनेक समस्या निम्त्यिाउने उल्लेख गर्दै डा पराजुलीले भने, ‘लक्षण देखिँदासम्म रोग जटिल भइसकेको हुन्छ । मधुमेहमा लापरवाही भए आँखा, मिर्गाैला र मुटु यसले बिगार्न सक्छ ।’
शरीरको तौल आवश्यकताभन्दा धेरै हुन नदिन, नियमित व्यायम गर्न र स्वस्थ्य जीवनशैली अपनाउन उनले अनुरोध गरे ।
जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्लेले अत्याधुनिक सेवासँगै बेला बेलामा निशुल्क शिविर आयोजना गरी युआरएलले सामाजिक दायित्व निर्वाह गरेको बताए । उनले राज्य र निजी क्षेत्र दुवै मिलेरमात्र नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन सकिने उल्लेख गरे ।
युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले गण्डकी प्रदेशको पहिलो र अग्रणी रेफरेन्स ल्याब भएकाले आफूहरुले यो क्षेत्रमा सामाजिक उत्तरदायित्व र सेवाको नेतृत्व गरिरहेको बताए । उनले अहिलेसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा युआरएलले १ सय ५ शिविर गरिसकेको जानकारी दिए ।
युआरएलको वार्षिकोत्सव मंसिर २३ गते हुँदैछ । सोही समारोहमा युआरएल पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार हरिप्रसाद बास्तोलालाई सम्मान गर्ने कार्यक्रम छ । यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।
सम्बन्धित खबर
तनहुँको छिर्कनेमा हाईस दुर्घटना, ८ जना घाइते
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
तनहुँमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक रूपाका धर्मराजको मृत्यु
त्रिशूली नदीमा पौडी खेल्नेक्रममा एक बालक बेपत्ता, एकको सकुशल उद्धार
पोखरा-बन्दीपुरबीच पर्यटकीय साझेदारी
डुम्रेमा भएको दुर्घटनामा २१ जना घाइते, दुईको अवस्था गम्भीर
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण