लेखनाथ । स्वर्गीय नीलकण्ठ घिमिरेका कविताहरुको संग्रह शान्ति कामना शनिबार एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।
घिमिरेको तेश्रो स्मृति दिवसको अवसर पारेर उनले सिर्जना गरेका कविताहरुको संग्रह शान्ति कामनाको महाकाव्यकार जनार्दन शरण त्रिपाठीले लोकार्पण गरेका हुन् । कविता संग्रह लोकार्पण गर्दै, त्रिपाठीले स्वर्गिय घिमिरेका रचनाहरुमा वेदान्तको प्रभाव रहेको बताए । उनले प्रकृति, परिवार, आध्यात्म र शान्ति सुःखायका बिषय कवितामा समेटिएको उल्लेख गर्दै, कृतिले घिमिरलाई अजर अमर बनाएको बताए । नेपाल श्री महाकाव्यका रचनाकार समेत रहेका त्रिपाठीले घिमिरे परिवारले बुबाको रचनालाई पुस्तकाकार दिएर पुण्य कार्य गरेको बताए ।
छन्द बचाउ एवं महाकाव्य लेखन अभियानका संयोजक महाकाव्यकार माधव वियोगीले स्वर्र्गीय घिमिरेको कविता संग्रहको चर्चा गर्दै, आदर्श जीवन, बहुजन हिताय, बहुजन सुखायको भावना घिरिरेमा रहेको उनको कविताले पुष्टि गरेको बताए । उनले पिताको स्मृतीमा श्राद्ध भन्दापनि चिरपर्यन्त स्मरण हुने कार्य गर्न छोराहरुलाई सुझाव दिए ।
कविता संग्रहमाथि समिक्षा गर्दै, साहित्यकार डा.जगन्नाथ रेग्मीले लेखक भागवत प्रेमी भक्तिरसमा डुवेर कविताहरुको सिर्जना गरेको बताए । साहित्यकार रेग्मीले स्वर्र्गीय घिमिरे सिद्धहस्त कवि नभएपनि देशभक्त, पितृभक्त, देवाधी भक्तभावमा डुबेर कविता लेखन गरेको बताए । ४३ वटा कविताको संग्रह गरिएको पुस्तकमा दुईसय ८४ पद्य श्लोक समेटिएको उल्लेख गर्दै, रेग्मीले बृद्धा अवस्थामा पनि घिमिरेको शब्दशिल्पी मिलेको उल्लेख गरे ।
माधव वियोगी बाङ्मय प्रतिष्ठानले आयोजना गरेको लोकार्पण कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय, समाजसेवी शोभाखर घिमिरे, डा सोमनाथ सापकोटा, घिमिरेका छोराहरु मदन मुरारी घिमिरे, रेवतीरमण घिमिरे लगायतले स्वर्गीय घिमिरेको जीवनीको चर्चा गरेका थिए ।
कार्यक्रममा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य एवं कवियत्री छन्दिका त्रिपाठी, कवि शिवप्रसाद त्रिपाठी, कवि नारायण बराल घिमिरेकी नातिनी श्रेयाश्री घिमिरे लगायतले कविता वाचन गरेका थिए । प्रतिष्ठान अध्यक्ष रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत खगराज शर्मा आचार्य, संचालन सचिव छन्दमणि त्रिपाठीले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?