पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माबीच आइतबार भेट भएको छ । मुख्यमन्त्री कार्यालयमै दिउँसो भएको भेटमा मुलुकको शान्ति सुरक्षा र समसामयिक विषयमा कुराकानी भएको छ ।
मुख्यमन्त्री पोखरेलले मुलुकको हितमा नेपाली सेनाले निभाउँदै आएको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा समेत यसले निरन्तरता पाउने विश्वास व्यक्त गरे । कतिपय मुलुकमा सेनाको हस्तक्षेप र महत्वाकांक्षाका कारण राजनीति अस्थिरता र उथलपुथल भए पनि नेपालमा सुरुदेखि नै नेपाली सेनाले संयमित भएर परिवर्तनलाई स्वीकार्दै कर्तव्य निभएको भनाइ राखे ।
कोरोनाकाल, प्राकृतिक विपत्तीका बेला नेपाली सेना जहिल्यै पनि अग्रपंक्तिमा खटिएको भन्दै उनले सिमित स्रोत र साधनका बीच सेनाले नागरिकको सेवामा खटिएको उनले स्मरण गरे ।
प्रधानसेनापति शर्माले नेपाली सेना जहिल्यै राष्ट्रहितमा लागीपरेको भन्दै विकास झ्निर्माणका साथै मुलुकलाई चाहिएको खण्डमा हरदम सेवामा तत्पर रहेको भनाइ राखे । गण्डकी प्रदेशबाट नेपाली सेनामा भर्ती हुनेको संख्या अधिक रहेको र आफ्ना पिता पुर्खासमेत कस्केली रहेको उनले मुख्यमन्त्रीसँगको भेटमा बताए । आफू जिम्मेवारीमा आएपछि सबै प्रदेशको वस्तुस्थिति बुझ्नका लागि भ्रमण थालेको उनले जानकारी गराए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको अवस्थामा अब पुरानो विमानस्थलको प्रयोगका बारेमा सोच्ने बेला आएको उनले बताए । पर्यटकीय केन्द्र पोखरामा साहसिक पर्यटन र आकश्मिक अवतरणका लागि उक्त स्थल खाली नै राख्नुपर्ने भन्दै उनले त्यसमा कुनै खालका संरचना नबनाउनका लागि अनुरोध गरे । विपत्तिका बेला बच्नका लागि पनि सहरमा ठूलो स्थान चाहिने भएकाले अहिलेको विमानस्थलको जमीन बचाइराख्नुपर्ने उनको सुझाव थियो । आइतबार मनाङ हुँदै पोखरा आएका उनले प्रदेश प्रमुख पृथ्वीमान गुरुङसँग पनि भेट गरेका थिए । उनी सोमबार मुस्ताङ जाँदैछन् ।
उक्त अवसरमा गण्डकी प्रदेशका प्रमुख सचिव रविलाल पन्थले प्रदेश सरकार र सुरक्षा निकायबबीचको सम्बन्धका बारेमा जानकारी गराए । भेटमा बिना विभागीय मन्त्री डोवाटे विक, प्रदेश सभा सदस्य प्रकाशचन्द्र दवाडी, नेपाली सेना पश्चिम कमान्ड प्रमुख उपरथि बाबुराम श्रेष्ठसहित सहभागी थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो