बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

बागलुङमा जीप दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

accident

बागलुङ । बागलुङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठेखोला गाउँपालिका–१ पाला खहरेमा आज बिहान बा१८च ५६७७ नंका जिप दुर्घटना हुँदा बागलुङ नगरपालिका–७ सिमका ४५ वर्षीय श्याम शर्माको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा तीन घाइते भएका छन्।

बागलुङ नगरपालिका–१ रामरेखाका ४६ वर्षीय टकबहादुर बोहोरा, ४४ वर्षीय दिनेश गिरी र २५ वर्षीय अजय शिवाकोटी घाइते भएका हुन् । उनीहरुको धवलागिरि अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान सुरु गरेको बताइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds