पोखरामा स्कुटरको हेडलाइट पछाडि लुकाईराखेको लागु औषधसहित एक व्यक्ति पक्राउ

पोखरामा स्कुटरको हेडलाइट पछाडि लुकाईराखेको लागु औषधसहित एक व्यक्ति पक्राउ

arrested

पोखरा।  कास्की प्रहरीले प्रतिवन्धित लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ।

मंगलबार साँझ अन्दाजी ६ बजेको समयमा पोखरा महानगरपालिका -९ नागढुंगा बस्ने विकल राना मगरलाई अवैध लागु औषधसहित पक्राउ गरेको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ । प्रहरीले उनको साथबाट ब्रुपिनर्फिन ईन्जेक्सन ३१ एम्पुल, फेनारगन ईन्जेक्सन ३१ एम्पुल, डाईजेपाम ईन्जेक्सन ३० एम्पुल र केही नगद वरामद गरेको छ।

प्रहरीका अनुसार मगरले चलाएको ग ११ प १८७० नंवरको स्कुटर शंका लागि चेकजाँच गर्दा स्कुटरको हेडलाईट पछाडी भाइजर भित्र पत्रिका र सेलो टेपले बेरी प्याक गरेको अवस्थामा लागु औषध फेला परेको हो।

पक्राउ परेका उनलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको रामबजार प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ