पोखरा । आज बालाचतुर्दशी पर्व देशभर मनाईदैछ। प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीका दिन दिवंगत वितृको सम्झनामा सतबीज छरेर यो पर्व मनाईन्छ । देशभरका शिव मन्दिरहरुमा आज बिहानैदेखि सतबिज छर्नेहरुको भिड लागेको छ ।
यसैबीच, दुई शताब्दीभन्दा अघिदेखि अस्तित्वमा आएको पोखरा महानगरपालिका–१३ आर्बास्थित महाप्रभुधाममा पनि बालाचतुर्दशीका अवसरमा आज शुक्रबार सद्वीज छरिने भएको छ ।
बालाचतुर्दशीका अवसरमा प्रत्येक वर्ष सद्वीज छर्ने प्रचलन रही आएकोमा यस वर्ष पनि सद्वीज छर्ने कार्यक्रम रहेको महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष धर्मराज बरालले जानकारी दिए । महाप्रभुधाममा टाढाटाढाबाट सद्वीज छर्नका लागि भक्तजन आउने गरेको बताउँदै उनले यस वर्ष भारतबाट आउनुभएका सन्त दीनदयालजी महाराजको विशेष उपस्थितिमा सद्वीज छर्ने कार्यक्रमको शुभारम्भ हुने जानकारी दिए ।
सद्वीज छर्न आउने भक्तजनलाई लक्षित गरी स्थानीय वस व्यवसायी समितिले काहुँखोलाबाट महाप्रभुधामसम्म आवतजावतको व्यवस्था मिलाएको उनले बताए ।
पोखराको मुख्य बजारबाट नजिकै रहेको आर्वा प्राचीन धार्मिक एवं ऐतिहासिकस्थल भएर पनि उचित प्रचारप्रसार र भौतिक पूर्वाधार विकासको अभावमा ओझेलमा परेको अवस्थालाई दृष्टिगत गर्दै पछिल्लो समयमा यसको प्रवद्र्धन र विकासका लागि पहल गरिएको बरालले जानकारी दिए ।
महाप्रभुधाम पुग्ने पर्यटकले पोखरा उपत्यकाको दृश्यावलोकनसहित अन्नपूर्णदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्य एकसाथ नियाल्न पाउनाका साथै ऐतिहासिक एवं धार्मिक पक्ष प्रत्यक्ष अवलोकन गर्न सक्छन् ।
आजभन्दा झण्डै दुई सय वर्षअघि स्वर्गद्वारीबाट महाप्रभु आएर यहाँ दुई महिनासम्म यज्ञ गरेर मनोकांक्षा पूरा गर्नुभएकाले यहाँको गरिमा बढेको बताइन्छ । अध्यक्ष बरालकानुसार तत्कालीन समयमा महाप्रभुहरूले यज्ञ गरेका कुण्ड अझै सुरक्षित रहनाका साथै वरपरका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डे थान आदि धार्मिक एवं ऐतिहासिकस्थल पनि छन् ।
सम्बन्धित खबर
वालिङ खेलमैदानबाट लागूऔषध मुद्दाका फरार भीरकोटका युवक पक्राउ, कास्की पठाइयो
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने
प्रतिभा सुपर लिग क्रिकेटको उपाधिका लागि आयोजक प्रतिभा र मदरल्याण्ड खेल्ने
११५ ग्राम गाँजासहित लागूऔषध सेवन गरिरहेका पाँच जना पक्राउ
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
विश्वकपमा नेपालका खेलहरू पोखरामा बिग स्क्रिनमा लाइभ हेर्न पाइने