बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना पुष्टी

बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना पुष्टी

corona test

बागलुङ । बागलुङमा एकै विद्यालयका २५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

बाग्लुङ नगरपालिकाको बलेवास्थित एक विद्यालयका विद्यार्थीमा कोरोनाको लक्षण देखिएपछि ८२ जनाको परिक्षण गर्दा बिहीबार एकै पटक २५ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

यससँगै विद्यालय व्यवस्थापन समितिले अर्को सूचना जारी नभएसम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । कार्यालयका अनुसार विद्यालयमा थप विद्यार्थीको कोरोना परिक्षणपछि मात्रै विद्यालयको नाम खुलाइने छ ।

बागलुङमा कोरोना पुनः बढेसँगै स्वास्थ्य सचेतना अपनाउन कार्यालयले अनुरोध गरेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ