पोखरा । ३० औँ अन्र्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा कास्कीको रुपा गाउँपालिकामा छात्रबृत्ति र सहयोगी सामाग्री वितरण गरिएको छ ।
पोखरा १५ नयाँगाउँमा रहेको संस्था सगोल कास्कीले दिवसकै अवसर पारेर अपाङ्गता भएका विद्यार्थीलाई छात्रबृत्ति प्रदान गरेको हो ।
अपाङ्गता भएका १६ जना छात्रा र १४ जना छात्र गरी ३० जनाका लागि झोला, कापी, कलम, विद्यालय पोशाक र फेस मास्क सहयोग प्रदान गरिएको सगोल कास्कीका सिबिआर अधिकृत बिमला केसीले जानकारी दिईन् । छात्रबृत्ति प्राप्त गरेका सबै विद्यार्थीलाई गाउँपालिकाको तर्फबाट पोशाक सिलाईका लागि रु पाँच सय प्रदान गरिएको छ । त्यस्तै अपाङ्गता भएका १५ जना नागरिकहरुका लागि आवस्यकता अनुसारका सहयोगी सामाग्री प्रदान गरिएको छ । अपाङ्गताको प्रकृति अनुसार ट्वाईलेट चियर, सेतोछडी, लठ्ठी, र बैसाखी प्रदान गरिएको उनले बताईन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सवल र आत्मनिर्भर बनाउन गाउँपालिकाले गरिरहेको प्रयासमा विभिन्न संघ संस्थाको पनि उत्तिकै सहयोग मिलेको बताए । उनले गाउँपालिकामै चिकित्सक खटाएर स्वास्थ्य परिक्षण गरी घरदैलोमै अपाङ्ता परिचयपत्र वितरण गरिएको भन्दै आगामी दिनमा पनि उनीहरुको हितका लागि काम गरिने बताए । “अहिले गाउँपालिकाले जे जती गरेको छ, यत्ति नै पर्याप्त होईन, अपाङ्गता भएकाहरुका लागि हामीले धेरै योजना बनाएका छौँ, उनले भने “बालबालिका विद्यालय पुगेपछि अपाङ्गतामैत्री वातावरण र संरचना अभाव देखिएका छन्, त्यस्ता संरचना निर्माणमा हामीले ध्यान दिईरहेका छौँ ।” क्षमताको पहिचान गर्न सके अपाङ्गता भएका व्यक्तिहरुले समाजमा ठूलो योगदान पु¥याउन सक्ने उनले बताए । “रुपामै जन्मेका अपाङ्गता भएका व्यक्तिहरु देशको नाम राख्न सक्ने ठाउँमा पुगेका छन्, उनले भने “हामीले सबैको क्षमतालाई विकाश हुने मौका दिनुपर्छ ।” गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुको आयआर्जनका लागि बाख्रापालन, मौरीपालन, कुखुरापालन लगायत बेलाबेलामा विभिन्न सीपमूलक तालीमहरु समेत आयोजना गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै गाउँपालिकाकी उपप्रमुख लालसुवा गुरुङले अपाङ्गता भएका व्यक्तिहरुको लागि छुट्टै सहकारी स्थापना गरी आर्थिक उन्नती र विकाशमा ध्यान दिईएको बताईन् । “आर्थिक अवस्था सुधार भएमात्र अपाङ्गता भएका व्यक्तिहरु सक्षम हुन सक्छन्,” उनले भनिन्, “गाउँपालिकाले उनीहरुको अवस्था हेरेर आय आर्जनका लागि विभिन्न अवसरहरु दिईरहेको छ, यसमा विभिन्न दातृ संस्थाहरुले पनि सहयोग गरेका छन् ।” रुपामा अपाङ्गताको क्षेत्रमा सगोल र परिलक्षित तथा बालबालिकाको क्षेत्रमा गोनेसाले गाउँपालिकासंग साझेदारी गरेर कार्यक्रम गरिरहेको उनले बताईन् । गाउपालिकामा गठित समूह र सञ्जाल एवं सहयोगी संस्थाहरुका कारण अपाङ्गताको क्षेत्रमा काम गर्न सहज भएको उनको भनाई थियो ।

सो अवसरमा रुपा गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत सन्तोष ढुङ्गानाले सार्वजनिक स्थलहरुको भौतिक पूर्वाधार निर्माणका क्रममा अपाङ्गमैत्री संरचना निर्माणमा गाउँपालिकाले जोड दिईरहेको बताए ।
रुपा अपाङ्गता संरक्षण समितिका अध्यक्ष सन्तबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा रुपा गाउँपालिका वडा नं ५ का वडा अध्यक्ष टेक बहादुर गुरुङ, गोनेसाका प्रज्वल पंगेनी, रुपा गाउँपालिका सामाजिक विकास शाखाका सिता सापकोटा सुवेदी, शिक्षा शाखा प्रमुख सन्दिप पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रमलाई रुपा गाउँपालिका, सगोल कास्की र परिलक्षितले समेत सहयोग गरेका थिए भने सगोल कास्कीका सिबिआर अधिकृत बिमला केसीले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो