प्रतिभा माविमा खेलकुद कार्यक्रम सुरु

प्रतिभा माविमा खेलकुद कार्यक्रम सुरु

prativa khelkud

पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयमा त्रि–दिवसीय खेलकुद कार्यक्रम बुधवारबाट सुरू भएको छ ।

वार्षिक रूपमा सञ्चालन हुने कार्यक्रमको शुभारम्भ बुधबार एक समारोका बीच विद्यालयका निर्देशक बलबहादुर थापा र प्रिन्सिपल विश्वगोपाल पराजुलीले संयुक्त रुपमा बेलुन उडाएर गरेका हुन् ।

अन्तर सदनात्मक खेलकुद प्रतियोगिता अन्तर्गत विद्यालयका सहायक प्रिन्सिपल प्रदीप खनालले रेफ्रिहरूलाई बल हस्तान्तरण गरी कार्यक्रम सुरु गरे । जस अनुसार पूर्व प्राथमिक, प्राथमिक, र माध्यमिक तहका छुट्टाछुट्टेै खेलहरू सञ्चालन भएका छन् ।

जसमध्ये पूर्व प्राथमिकतर्फ सुन्तला रेस, केरा रेस, बल फाल्ने,बोतलमापानीभर्ने, हिसाव रेस, स्मरण शक्ति, गुच्चा खोज्ने, चकलेट रेस, जस्ता मनोरञ्जनात्मक खेलहरू भएका थिए । प्राथमिक तर्फ छात्र, छात्रा १०० मि. दौड, रिले दौड साथै छात्र फुटबल भएका थिए । जसमा पूर्व प्राथमिकको फुटबल तर्फ सेमिफाइनलमा निलोे सदन र रातो सदन पुगेका छन् भने प्राथमिक तहमा पँहेलो र रातो सदन सेमिफाइनलमा पुगेका छन् ।

 

त्यसैगरी, माध्यमिकतर्फ छात्र छात्राको १०० मि. र २०० मि. दौड, ४०० मि. रिले दौड, रस्साकसीका साथै छात्र फुटबल भएका थिए । जसमा निलो सदन र रातो सदन सेमिफाइनलमा पुगेका छन् ।

खेलकुद प्रशिक्षक लिल गुरुङको नेतृत्वमा खेलकुद प्रतियोगिता भएका छन् । विहीबार हुने खेलमा तातो आलु, सम रेस, बेलुन फुटाउने, छात्र छात्रा बास्केट बल, भलिबल, बुद्धिचाल, फुटबल फाइनल हुने अतिरिक्त क्रियाकलाप प्रमुख प्रकाशअधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds