नवलपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

नवलपुरमा बस दुर्घटना हुँदा १५ जना घाइते

accident

नवलपुर । नवलपुरमा यात्रुबहाक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् ।

आज बिहान करिब ४ बजे गैँडाकोट नगरपालिकास्थित जयश्री पुलनजिकै दाङबाट काठमाडौँ जाँदै गरेको ना ७ ख ४०३८ नम्बरको बस अनियन्त्रित भएर पल्टिएको हो ।

घाइतेहरू सबैको चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्समा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ