तनँहुमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

तनँहुमा टिपरको ठक्करबाट १ जनाको मृत्यु

accident a

तनँहु । तनँहुमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ ।

तनँहुको म्याग्दे गाँउपालिका–५ छाङपाटनमा सोमबार बेलुकी टिपरको ठक्करबाट १ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय ३३ वर्षीय मंगल कुमाल रहेका छन् ।

ग १ क २९१५ नम्बरको टिपरले कुमाललाई ठक्कर दिएको थियो ।

टिपर सहित चालक नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय भिमादले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ