तनहुँमा भाले चितुवा खोरमा पर्यो

तनहुँमा भाले चितुवा खोरमा पर्यो

Chituwa Bandipur-3 Simpakha

तनहुँ । तनहुँमा आज बिहान एउटा भाले चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ।

तनहुँको भानु नगरपालिका–३ तुर्लुङकोटमा डिभिजन वन कार्यालयले एक हप्ता अगाडि खोर राखेको थियो ।

खोरमा परेको चितुवालाई उद्धार गरी स्थानान्तरणको तयारी गरिएको सव–डिभिजन वन कार्यालय विमलनगरले जनाएको छ ।

कार्यालयले हालसम्म १३ वटा चितुवाको उद्धार गरेको छ । केही वर्षयता तनहुँका विभिन्न स्थानमा चितुवाको आतंक बढेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ