पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले समृद्धिको नाममा नेपालका ऐसिहासिक विषय वस्तुलाई भत्काउन तथा बिर्गान नपाइने बताए ।
पोखरा २३ स्थित चापाकोट पर्यटन प्रबद्र्धन समितिको आयोजना बिहीबार देखि सुरु भएको चापाकोट सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै मन्त्री बरालले उक्त कुरा बताएका हुन् ।
नेपाली कला संस्कृति एवं ऐतिहासिक विषय वस्तुहरुको संरक्षण गर्नुपर्ने उनको भनाई थियो । पोखराको मुख्य बजार देखि चापाकोटको बाटो स्तरोन्नती गर्न विशेष पहल गर्ने मन्त्री बरालले बताए । सके यही आर्थिक वर्ष अन्यथा आगामी आर्थिक वर्षमा केही न केही देखिने गरी काम गर्ने मन्त्री बरालले वचन दिए । प्रदेश सरकारले पर्यटनलाई विकासको पहिलो पूर्वाधार विकासको रुपमा अघि बढाएकोले गाउँ–गाउँमा होमस्टेलाई प्रबद्र्धन गर्नुपर्ने मन्त्री बरालले बताए । बजारबाट टमटर, खुर्सानीसहितका फलफुल तरकारी होमस्टेमा लगेर खाने प्रवृत्तिको अन्त्य गर्नुपर्ने उनको भनाई थियो ।

स्थानियको मागअनुरुप आवश्यकताको आधारमा प्रदेश सरकारले सहयोग गर्ने मन्त्री बरालले बताए । माओबादी केन्द्रका नेता समेत रहेका मन्त्री बरालले एकात्मक राज्य प्रणालीका कारण सम्भावना भएका ठाँउमा विकास नभएको दाबी गरे । फेवाताल बचाउदै ताल परिवरीको क्षेत्रको विकास गर्नु पर्ने मन्त्री बरालको भनाई छ । पुष ५ गतेसम्म सञ्चाल नहुने उक्त महोत्सवको बिहीबार उद्घाटन गर्दै मन्त्री बरालले दीप प्रज्जवलनसहित चमराले पिङ खेलेर महोत्सवको उद्घाटन गरेका हुन् ।
कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले चापाकोट होमस्टेमा बजारबाट ल्याएको कोक, र वियर भन्दा गाउँमा उत्पादन भएको दुध–दही जस्ता पदार्थको प्रबद्र्धन गर्न आग्रह गरे । पोखरा बजारमा रहेका होटलको भन्दा फरक खाना र सेवादिन सके होमस्टेबाट आर्थिक विकास हुने उनको भनाई थियो ।

पोखरा २३ का वडा अध्यक्ष बिष्णु प्रसाद पराजुलीले सडक बाटो स्तरोउन्नती र फेवाताल संरक्षण गर्नु पर्ने बताए । युवा व्यावसायी एवं वाईयूके सुपर मार्केटका सञ्चालक युवराज खतिवडाले उक्त महोत्सवमा एक लाख दिंदै उक्त महोत्सवलाई सफल पार्न सबैको साथ र सहयोग आवश्यक भएको बताए । पूर्व गाविस अध्यक्ष भेषराज पराजुलीले पोखराको मुख्यबजार देखि चापाकोट नजिक नभएर पनि सडकको कारण स्थानियले सास्ती भोग्नु परेको गुनासो गरे ।
स्थानिय शिवलाल पराजुलीले व्यक्तिगत २५ हजार सहितअन्य व्यक्तिहरुबाट संकलन गरेको एक लाख ७५ हजार महोत्सवलाई सहयोग गरेका छन् । समितिका अध्यक्ष एवं महोत्सव संयोजक भिम पराजुलीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा दोहोरी गित तथा पञ्चे बाजा एवं नृत्य समेत प्रस्तुतः गरिएको सचिव घनश्याम पराजुलीले बताए । महोत्सवमा चमराले पिङ, लिङ्गे पिङ, विभिन्न अर्गानीक खानाका परिकार उपलब्ध गराईएको सचिव पराजुलीले बताए । महोत्सवमा राष्ट्रिय तथा स्थानिय कलाकारबाट राष्ट्रिय दोहोरी गितप्रतियोगिता, भजन प्रतियोगिता लगायतका विभिन्न प्रतियोगिताहरु हुने भएको समितिले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु