तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

accident

तनहुँ । तनहुँमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

व्यास नगरपालिका–१ सिमलटारमा ना ७ ख ६४०७ नम्बरको बसले ग १९ प ८५६४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा व्यास–२ मालेबगर बस्ने ६० वर्षीय खड्कबहादुर लामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा घाइते भएका लामाको उपचारका क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ