नवलपुर। सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
गैंडाकोट नगरपालिका वडा नं -१६ अमरापुरीस्थित पसलमा बसिरहेकी ४७ वर्षीया महिलाको सुनको सिक्री लुटेर भाग्दै गरेका तीन जनालाई प्रहरीले पेस्तोल र ४ राउण्ड गोली सहित सोमबार साँझ पक्राउ गरेको छ ।
प्रहरीका अनुसार साँझको समय पसलमा बसिरहेको अवस्थामा लु ४० प ८४३६ नम्बरको मोटरसाइकलमा आएका लुटेराले हतियार देखाई महिलाको सुनको सिक्री लुटेर भागेका थिए। उनीहरु भागे लगत्तै महिलाले गुहार मागेपछि स्थानीयले लुटेरा मध्येका राम बहादुरलाई समात्न सफल भइ प्रहरीलाई खबर गरेका थिए।
घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले रामबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा गैंडाकोट नगरपालिका-१४ स्थित भाग्दै गरेको अवस्थामा दुई जनालाई पेस्तोल र ४ राउण्ड गोलीसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा नवलपुर रुपौलिया गाउँपालिका-१ बस्ने २२ वर्षीय राम बहादुर क्षेत्री, गैँडाकोट नगरपालिका -१४ बस्ने ३४ वर्षीय आशिष सुनार र नवलपुर सुस्ता गाउँपालिका -९ बस्ने २० वर्षीय संजय गुरुङ रहेका छन् ।
उनीहरुमाथि आवश्यक अनुसन्धान तथा कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
सम्बन्धित खबर
१८ वर्षअघि गर्भवती महिलाको मृत्यु प्रकरणमा एक महिला थुनामा, अर्की धरौटीमा छुटिन्
बालिका बेचबिखनको आरोपमा एक जना कारागार चलान
बालेनसँगको बैठकबाट निस्किएलगत्तै समातिए किस्पाङ गाउँपालिका अध्यक्ष तामाङ
बाढीका मृतकको गहना लुट्नेहरू पक्राउ, हुनसक्छ ७ वर्षसम्म जेल
गरिमा चौधरीको हत्याका मुख्य अभियुक्त नाबालकको बयान भिडियो बाहिरिएपछि तरङ्ग
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन