पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
उनी गण्डकी प्रदेश खुलातर्फबाट केन्द्रीय सदस्यमा विजयी भएका हुन् । प्रदेशबाट पुरुष खुलामा २ जना निर्वाचित हुनेमा मुख्यमन्त्री नेपालीसँगै तनहुँका ध्रुव वाग्ले छन् ।
वाग्लेले २ हजार ७ सय २० मत प्राप्त गर्दा मुख्यमन्त्री नेपालीले २ हजार ३ सय ६ मत ल्याएर विजयी भएका छन् । चुनावी मैदानमा उत्रिएका शोभियतबहादुर अधिकारीले २ हजार ३४ र रेशमबहादुर बानियाले १ हजार ९ सय ३८ मत ल्याएका छन् । अधिवेशनमा ४ हजार ६ सय ६४ मत खसेको थियो ।
विजयी भएलगत्तै प्रतिक्रिया दिँदै मुख्यमन्त्री पोखरेलले अहिलेका महाधिवेशनको म्यान्डेट नै युवा पुस्तालाई अगाडि बढाउने रहेकाले युवा पुस्ता र पुराना पुस्ता बीचको अन्तरसंवाद कायम गरी अग्रज पुस्ताका अनुभव र सिकाईलाई नयाँ पुस्तामा हस्तान्तरण तथा पुस्तान्तरण गर्न लागीपर्ने बताए ।
पार्टीमा मौलाउँदै गएको गुटबन्दीको अन्त्य गरी सिद्धान्तनिष्ठ कार्यकर्ता तयार गर्न, लोकतान्त्रिक आन्दोलनका सहिद परिवार, घाइते, अंगभंग भएका तथा विशिष्ट योगदानकर्ता पहिचान गरी उनीहरुलाई यथोचित सहयोग, संरक्षण तथा सम्मान गर्न पार्टी सभापतिसँग मिलेर आफूले पहल गर्ने उनले उल्लेख गरेका छन् ।
पार्टीलाई आगामी निर्वाचनमा बहुमत दिलाउन र हिमाल, पहाड तथा तराईका समग्र कार्यकर्तामा रक्तसञ्चार गर्न भरमग्दुर काम गर्ने प्रतिबद्धता उनले जनाएका छन् ।
पोखरेल कांग्रेसको तर्फबाट देशको पहिलो मुख्यमन्त्री हुन् । दलको नेतृत्वमा सरकार निर्माण गर्ने वातावरण बनाउन र संघीयता कार्यान्वनमा गर्न अहम् भूमिका खेलेका व्यक्ति पोखरेललाई जिताउन सहयोग गर्नुहुने सम्पूर्णमा मुख्यमन्त्री पोखरेलले आभार व्यक्त गरेका छन् ।
मंसिर २४ गते सुरु भएको कांग्रेसको महाधिवेशन गण्डकी प्रदेशको मतपत्र मंगलबार मात्र गन्न थालिएको हो । मुख्यमन्त्री पोखरेल १२ औं महाधिवेशनमा पनि केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)