‘थर्ड आई एजुकेसन फेयरमा ४ देशका यूनिभर्सिटीबारे बुझ्न सकिनेछ’

‘थर्ड आई एजुकेसन फेयरमा ४ देशका यूनिभर्सिटीबारे बुझ्न सकिनेछ’

Prakash Gairhe

गण्डक न्यूज । पोखराको चिप्लेढुंगामा रही दशक बढी समयदेखि शैक्षिक परामर्श दिँदै आएको विश्वसनीय शैक्षिक परामर्शदातृ संस्था थर्ड आई एजुकेशनले शुक्रबार एक दिने एजुकेसन फेयर आयोजना गर्दैछ ।

आफ्नै कार्यालय रहेको भवन द्वा कम्प्लेक्समा बिहान १० बजेदेखि ४ बजेसम्म हुने फेयरमा अष्ट्रेलिया, यूएसए, यूके र क्यानडा पढ्न जान चाहने विद्यार्थीलाई काउन्सिलिङ गरिँदैछ । चार देशका १५ भन्दा बढी युनिभर्सिटीका आधिकारिक प्रतिनिधिहरु स्वयं उपस्थित भई परामर्श दिनेछन् । प्रवेश निःशुल्क रहेको फेयरमा मूख्यतः स्कलरशीप गिफ्ट ह्याम्पर लगायतका विशेष अफर प्रदान गरिने थर्ड आईले जनाएको छ ।

एकै थलोबाट चार देशका १५ बढी युनिभर्सिटी बारेमा बुझ्न र अध्ययनका लागि जानुपूर्व गर्नुपर्ने सम्पूर्ण प्रक्रियाका सवालमा सहयोग लिन विद्यार्थीहरुलाई यो फेयर लाभदायक रहनेछ । युनिभर्सिटीकै प्रतिनिधिसँग आफैले सिधै कुरा गरी सही विश्वविद्यालय छनौट गर्ने मौका भएकाले पनि यस फेयरमा विद्यार्थीको उल्लेख्य सहभागिता रहनेमा आयोजक ढुक्क छ ।

ती देशहरुको शिक्षा प्रणाली, परिवर्तित नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइने भएकाले फेयर महत्वपूर्ण रहेको थर्ड आईका सञ्चालक प्रकाश गैह्रे बताउँछन् । गैह्रेसँग फेयरबारे गरिएको कुराकानीः

‘थर्ड आई एजुकेसन फेयर’ आयोजना गर्नुको उद्देश्य के हो ?

उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी धेरै शैक्षिक मेला आयोजना हुन्थे । कोरोना महामारीका कारण ठप्प रहेको वैदेशिक अध्ययन अब भने विस्तारै खुलिरहेको छ । यसै सन्दर्भमा फेयर आयोजना गरेका हौ । हामीले पहिले पनि यस्तै अष्ट्रेलियन एजुकेसन फेयर सम्पन्न गरिसकेका थियौं । अहिले थप तीन देशका विश्वविद्यालयका प्रतिनिधिहरु आमन्त्रण गरी फराकिलो हिसाबमा फेयर गर्दैछौं ।

हामीले अन्य फेयर भन्दा फरक शैलीमा आफ्नै कार्यालयमा फेयर आयोजना गरेका छौं । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया, यूएसए, यूके र क्यानडा जान चाहने विद्यार्थीका लागि आवश्यक पर्ने सम्पूर्ण परामर्श प्रदान गर्नु नै फेयरको मुख्य उद्देश्य हो ।

फेयरमा कति कलेज तथा युनिभर्सिटी सहभागी हुन्छन् ?

फेयरमा चार देशका १५ भन्दा बढी कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेछन् । अष्ट्रेलियासहितका देशहरुका उत्कृष्ट कलेज तथा युनिभर्सिटीका प्रतिनिधि सहभागी हुनेहुँदा फेयर विद्यार्थीका लागि उपलब्धीपूर्ण रहनेछ । चार देशकै राम्रा प्रायः सहरको प्रतिनिधित्व पनि रहनेछ । कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर विद्यार्थीले त्यहाँको वास्तविक शैक्षिक अवस्था तथा भविश्यका बारेमा जानकारी लिन सक्नेछन् ।

फेयरमा विद्यार्थी किन सहभागी हुने ?

एउटै ठाउँमा चार देशका कलेज तथा युनिभर्सिटीका प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सिधैं परामर्श लिन पाइने भएकाले फेयरमा विद्यार्थीहरुको उपस्थिति बाक्लो हुने हामीले विश्वास गरेका छौं । ति देशहरुका शिक्षा प्रणाली, परिवर्तित नीति, नियम, कलेज तथा युनिभर्सिटीका कोर्षहरुका बारेमा फेयरमा विस्तृत जानकारी दिइनेछ । त्यहाँको हावापानीको बारेमा पनि जानकारी प्रदान गरिनेछ । एउटै थलोमा धेरै प्रतिनिधिसँग प्रत्यक्ष भेटेर सही परामर्श लिनका लागि विद्यार्थी फेयरमा सहभागी हुनेछन् । पोखरासँगै प्रदेश राजधानी भएकाले पनि गण्डकी प्रदेश लक्षित गरेर नै शैक्षिक मेला गर्दैछौं । मेलामा दर्जनौं विद्यार्थी तथा अभिभावकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुनेछन् भन्ने अपेक्षा छ ।

मेलाका आकर्षणहरु के–के छन् ?

प्लस टु पास गरेको र स्नातक पढ्दै गरेका विद्यार्थीनै मेलामा आउनुहुनेछ । सहभागीलाई प्रवेश निःशुल्क छ । मूख्यतः छात्रवृत्ति नै हो । त्योसँगै आइएलटीएस, पीटीई क्लाससँग सम्बन्धित कुरा पनि जानकारी लिन सकिनेछ । आईएलटीएस र पीटीई गर्नेलाई क्यास ब्याकको अफर पनि छ । गिफ्ट ह्याम्पर लगायतका विशेष अफर पनि छन् ।

थर्ड आईका विशेषताहरु के–के हुन् ?

दशक बढी समयदेखि हामीले शैक्षिक परामर्श क्षेत्रमा काम गरिरहेका छौं । पोखरामा प्रधान कार्यालय रहेको थर्ड आईले धेरै विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल छ । थर्ड आई एजुकेशन वीरेन्द्रनगर (सुर्खेत), काठमाण्डौ र नयाँ दिल्ली (भारत) सम्म फैलिएको छ । हामीसँग दक्ष तथा अनुभवी काउन्सेलर हुनुहुन्छ । गन्तव्य राष्ट्रहरुको परिवर्तित नीति नियमहरुसँग सधैं अपडेट हुँदै विद्यार्थीलाई पनि त्यसबारेमा जानकारी गराउन हामी सफल छौं । सत्य तथ्य परामर्शका लागि आकर्षक गन्तव्य बन्न थर्ड आई सफल बनेको छ ।

फेयरमा निमन्त्रणासँगै विदेश जान चाहने विद्यार्थीलाई तपाईको के सुझाव छ ?

पहिले भन्दा अहिले अवस्था फरक छ । अनलाइनबाटै विभिन्न कन्सल्टेन्सीको बारेमा जानकार लिन सकिन्छ । त्यहाँको बारेमा राम्रोसँग बुझेर, त्यहाँको वातावरण, बस्ने अवस्थाको बारेमा बुझ्नुपर्छ । थर्ड आइ एजुकेसनको यो फेयरले डाइरेक्ट युनिभर्सिटीका प्रतिनिधिहरुसँग कुरा गर्ने अवसर प्रदान गरेको छ । यो एउटा विशेष सुविधा पनि हो ।

अन्त्यमा, थप केही छ ?

थर्डआईबाट परामर्श लिएर अष्ट्रेलिया लगायतका देशमा पुगेका विद्यार्थीबाट हामीले सकारात्मक प्रतिक्रिया पाएका छौं । हामी मार्फत जाने विद्यार्थीले आफ्ना साथीभाई तथा आफन्तलाई पनि हामीमार्फत जान सल्लाह दिने गरेको हामीले पाएका छौ । थर्डआईले प्राप्त गरेको विश्वास तथा विद्यार्थीको मायाबाट हामी उत्साही छौं । हामीले आयोजना गरेको फेयरमा पनि विद्यार्थीहरुको आकर्षण राम्रो देखिनेमा हामी ढुक्क छौं ।

कलेज/यूनिभर्सिटीका प्रतिनिधिहरुका भनाई (भिडियो)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ