पोखराको चिप्लेढुंगा स्थित शैक्षिक परामर्शदातृ संस्था थर्ड आई एजुकेशनले आयोजना गरेको एक दिने एजुकेसन स्टडी अब्रोड फेयरबाट दर्जनौं विद्यार्थी लाभान्वित भएका छन् ।
उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी आफ्नै भवनमा आयोजना गरेको फेयरबाट विद्यार्थीले एकै ठाउँबाट चार देशका युनिभर्सिटिबारे बुझ्ने मौका पाए । निःशुल्क प्रवेशको बन्दोबस्त मिलाइएको उक्त फेयरमा फेयरमा विशेष गरी अष्ट्रेलिया, यूएसए, यूके र क्यानडा पढ्न जान चाहने विद्यार्थीलाई काउन्सिलिङ गरिएको थियो ।
संस्थाका प्रबन्ध निर्देशक प्रकाश गैह्रेका अनुसार फेयरमा सम्बन्धित देशका युनिभर्सिटीका प्रतिनिधिले आफ्ना युनिभर्सिटीका विशेषतासँगै त्यस देशको शिक्षा प्रणाली, परिवर्तिन नीति, कलेज तथा युनिभर्सिटीका कोर्षहरुबारे परामर्श दिएका थिए ।
हामीले सोचेजस्तै फेयर भव्य ढंगले सम्पन्न भयो । लामो समय ग्याप भएका कारण पनि हुनसक्छ । दर्जनौं विद्यार्थीहरुको सहभागिता रह्यो । उहाँहरुले निकै चाख मानेर युनिभर्सिटीहरुबारे बुझ्नुभयो । गैह्रेले भने ।
पछिल्लो समयमा उच्च शिक्षा अध्ययनका लागि विदेशी युनिभर्सिटीतर्फ आकर्षण र चासो बढिरहेको सन्दर्भमा यस फेयरमा यी चार देशका युनिभर्सिटीकै प्रतिनिधि आएर विद्यार्थी र उनीहरुका अभिभावकसँग प्रत्यक्ष परामर्श दिएका थिए । फेयरले विदेशमा अध्ययन गर्नका लागि विद्यार्थीले सही सूचना र जानकारी प्राप्त गरेको थर्ड आईले विश्वास लिएको छ ।
चिप्लेढुंगामा रहेर दशकबढी समयदेखि शैक्षिक परामर्श र विद्यार्थीलाई अध्ययनका लागि विदेश पठाउन सहयोग गर्दै आएको थर्ड आई एजुकेशनको वीरेन्द्रनगर (सुर्खेत), काठमाण्डौ र नयाँ दिल्ली (भारत) मा पनि शाखा छ ।
थर्ड आईले विशेषतः आईएलटिएस, टोफल, जिआरई, जिम्याटका कोर्सहरु पनि सञ्चालन गर्दै आएका छ । फ्रि एजुकेशनका बारेमा परामर्श दिने मूख्य संस्था पनि हो ।
सम्बन्धित समाचारः
‘थर्ड आई एजुकेसन फेयरमा ४ देशका यूनिभर्सिटीबारे बुझ्न सकिनेछ’
पोखरामा शुक्रबार ‘थर्ड आई एजुकेसन स्टडी अब्रोड फेयर’
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो