तनहुँमा पाँच दिनदेखि महिला सम्पर्कविहीन

तनहुँमा पाँच दिनदेखि महिला सम्पर्कविहीन

सम्पर्कविहीन

तनहुँ । तनहुँकी एक महिला पाँच दिनदेखि सम्पर्कविहीन भएकी छन्।

जिल्लाको म्याग्दे गाउँपालिका–४ बडहरेकी ४० वर्षीया नीरमाया नेपाली पाँच दिनदेखि सम्पर्कविहीन भएकी हुन् ।

यही पुस १० गते चर्च जान्छु भनेर घरबाट हिँडेकी नेपाली नभेटिएको उनको परिवारले जनाएको छ ।

उनका श्रीमान् लक्ष्मणले श्रीमतीको मोबाइलसमेत अफ रहेको बताए ।

सम्पर्कविहीन भएपछि उनको खोजवीनका लागि प्रहरी चौकीमा जानकारी गराइएको छ।

थर्पु प्रहरी चौकीका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले सम्पर्कविहीन नेपालीको खोजी भइरहेको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ