पोखराका विभिन्न स्थानबाट ३४७ एम्पुल लागु औषधसहित तीन जना पक्राउ

पोखराका विभिन्न स्थानबाट ३४७ एम्पुल लागु औषधसहित तीन जना पक्राउ

kaski-arrested

पोखरा।  कास्की प्रहरीले पोखराका विभिन्न स्थानबाट लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखरा महानगरपालिका -२५ हेमजाबाट एक जना र पोखरा -३० पावरहाउसबाट दुई जना गरी तीनजनालाई अवैध लागु औषधसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

तिवारीका अनुसार पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका -१ बस्ने १९ वर्षीय आशिष अर्याल, पोखरा -१३ काहुँखोला बस्ने २५ वर्षीय अनिश खत्री र बागलुङ जिल्ला बागलुङ नगरपालिका -८ बस्ने १७ वर्षीय एक किशोर (नाम नखुलाइएको) छन्।

पक्राउ परेका उनीहरुमध्ये आशिष अर्यालको साथबाट डाईजापाम-६५ एम्पुल, फेनारगन- ६८ एम्पुल र नुर्फिन -७३ एम्पुल गरी जम्मा -२०६ एम्पुल लागु औषध वरामद भएको छ भने, अनिश खत्रि र १७ वर्षीय किशोरको साथबाट क्रमसः डाईजापाम -१५ एम्पुल, फेनारगन -१५ एम्पुल र नुर्फिन- १५ एम्पुल गरी जम्मा ४५ एम्पुल र डाईजापाम- ३२ एम्पुल, फेनारगन -३२ एम्पुल र नुर्फिन- ३२ एम्पुल गरी ९६ एम्पुलसहित कूल ३४७ एम्पुल लागु औषध वरामद भएको छ।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट लागु औषध सम्बन्धी कसुरमा ५ दिनको म्याद थपको अनुमति लिएर आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds