भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु, २० जना अस्पताल भर्ना

भारतमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु, २० जना अस्पताल भर्ना

mrita fela

काठमाडौँ । भारतको गुजरातस्थित औद्योगिक सहर सुरातमा विषालु ग्यासका कारण ६ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान ४ बजेतिर गैरकानुनी रूपमा फ्याँकिएको केमिकलका कारण उत्सर्जित विषालु ग्यासका कारण गुजरातको एउटा रङरोगन मिलका कामदारको मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि २० जनाभन्दा बढी व्यक्तिलाई अस्पताल भर्ना गरिएको छ ।

कामदारहरू मिलमै भएको बेला नजिकै केही केमिकलहरू फ्याँकिएको पाइएको प्रहरी र अग्निनियन्त्रक अधिकारीले जनाएका छन् ।

एउटा ट्यांकरबाट केमिकलहरू गैरकानुनी रूपमा मिलनजिकैको खोल्सामा खन्याइएको र सम्भवतः पानीमा अर्को केमिकलसँग मिसिँदा विषालु ग्यास उत्सर्जन भएको बताइएको छ ।

यसबारेमा अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds