बाख्रा फार्ममा चितुवा पसेर आक्रमण गर्दा नौ वटा बाख्रा मरे

बाख्रा फार्ममा चितुवा पसेर आक्रमण गर्दा नौ वटा बाख्रा मरे

chituwa-1 (1)

बागलुङ। बाख्रा फार्ममा चितुवा पसेर आक्रमण गर्दा ९ वटा बाख्रा मरेका छन्।

जिल्लाको ताराखोला गाउँपालिका वडा नं -१ सिरुवारी बस्ने ४० वर्षीय यम बहादुर रानाले संचालन गरेको ‘राना बाख्रा फार्म’मा बिहीबार राति अन्दाजी २ बजेको समयमा चितुवा पसेर आक्रमण गर्दा ३१ वटा बाख्रा मध्ये ८ वटा बाख्रा र एउटा बोका मरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार घटनाको सूचना पश्चात फार्ममा पुगेको प्रहरीको टोलीले क्षतिको मुचुल्का उठाई थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ