तनहुँमा पिकअप भ्यान दुर्घटना, चालकको मृत्यु

तनहुँमा पिकअप भ्यान दुर्घटना, चालकको मृत्यु

accident

तनहुँ । तनहुँमा पिकअप भ्यान दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

ब्यास नगरपालिका १ तालघरेमा आज बिहान साढे ३ बजे ग ३ च ३७७८ नम्बरको पिकअप भ्यान अनियन्त्रित भएर पल्टिएको हो ।

दुर्घटनामा अन्दाजी ३५ वर्षीय भ्यान चालकको जिल्ला अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको तर उनको नाम ठेगाना नखुलेको प्रहरीले जनाएको छ ।

घटना बारे प्रहरीले थप अनुसन्धान सुरु गरेको जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ