पोखरा । गण्डकी विश्वविद्यालयले प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई आइतबार वार्षिक प्रतिवेदन पेस गरेको छ ।
विश्वविद्यालय न्यासिक परिषद अध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले मुख्यमन्त्री पोखरेललाई उक्त प्रतिवेदन पेस गरे ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले जुन भावना र मर्म अनुसार विश्वविद्यालय स्थापना भएको हो, त्यसैगरी काम गरेर नतिजा देखाउन आग्रह गरे । दक्ष जनशक्ति उत्पादन गरी गण्डकी र अन्य प्रदेशमा समेत उपलब्ध गराउन विश्वविद्यालयले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे ।
शैक्षिक प्रमाणपत्र हातमा परे पनि कुनै सीप नभएका कारण बेरोजगारी बढिरहेको भन्दै यही अवस्था अन्त्यका लागि गण्डकीले विश्वविद्यालय स्थापना गरेको मुख्यमन्त्री पोखरेलको भनाइ थियो । उनले विश्वविद्यालयका गतिविधि र शैक्षिक कार्यक्रमका बारेमा जिज्ञाशा राखेका थिए ।
कुलपति प्राडा गणेशमान गुरुङले विश्वविद्यालयले नेपालमै पहिलो पटक स्पोर्ट्स म्यानेज्मेन्टको पढाइ सुरु गरेको भन्दै विद्यार्थीको राम्रो आकर्षण रहेको जानकारी गराए । स्पोर्ट्स म्यानेज्मेन्ट सँगै विश्वविद्यालयले व्याचर इन फार्मेसी र व्याचलर इन आइटीको कक्षा पनि सुरु गरेको छ । पोखरा ३२ मा सञ्चालित फार्मेसीमा १५ जना विद्यार्थी छन् भने महेन्द्रपुलबाट सुरु गरिएको आइटिमा २९ जना विद्यार्थीले पढिरहेका छन् ।पढाइ, अनुसन्धान र अविष्कारमा जोड दिएको विश्वविद्यालयले अुनसन्धानतर्फ कोदो रक्सीको ब्रान्डिङको काम गरिरहेको छ । अविष्कार केन्द्रको काम पनि अन्तिम चरणमा पु¥याएको कुलपति प्राडा गणेशमान गुरुङले जानकारी दिए । निकट भविष्यमै एमबिबिएस पढाइसँगै शिक्षण अस्पतालको अवधारणा ल्याएको विश्वविद्यालयमा जग्गा प्राप्तिको समस्या रहेको उनले बताए ।
न्यासिक परिषद अध्यक्ष डा. देवकोटाले यो वर्ष विश्वविद्यालयको प्रशासनिक, अनुसन्धान केन्द्र, पुस्तकालय लगायत कक्षा कोठाहरुको निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदनको काम भइरहेकाले यथेष्ट बजेट आवश्यक पर्ने भनाइ राखे ।
कार्यक्रममा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा। उपकुलपति प्राडा नवराज देवकोटा, प्रदेशका प्रमुख सचिव रवीलाल पन्थ, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार खड्गबहादुर कमाल, विश्वविद्यालयका रजिस्ट्रार डा. कैलाश तिमिल्सिनासहित उपस्थित थिए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो