पोखरा । गण्डकी प्रदेश सरकारका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनलेनयाँ नेपाल निर्माण गर्न प्राविधिक सहित वातावरणीय हिसावले अब सोच्नु पर्ने समय आएको बताएका छन् ।
एकीकृत प्रगतीशिल इन्जिनियर समुहको चुनावी सभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा सोमबार सम्बोधन गर्दै मन्त्री बरालले नयाँ नेपाल निर्माण गर्न दक्ष प्राविधिक सहितको वातावरणीय हिसावले समेत सोच्नुपर्ने समय आएको बताएका हुन् ।
देशमा प्रगतीशिल इन्जिनीयरहरु खाँचो भएको बताउदै उहाँले नयाँ नेपाल निर्माण गर्ने बिषयमा अब पूर्वाधार सहित वातावरणलाई समेत मध्यनजर गर्नुपर्नेमा जोड दिए । मन्त्री बरालले देशमा जलवायु परिवर्तनले गर्दा पनि वातावरण विस्तारै परिवर्तन हुँदै गएकोले त्यसको सन्तुलन कायम गर्दै भौतिक विकास र देशको समृद्धि गर्न आवश्यक भएको बताए । विभिन्न क्षेत्रमा विज्ञेता हासिल गरेका व्यत्तिहरुको देशमा खाँचो भएको बताउदै मन्त्री बरालले गठबन्दन भएको हिसावले इन्जिनीयर एशोसियसनको आगामी निर्वाचनमा जित सुनिश्चत गर्न आग्रह गरे । निर्वाचनमा जे पनि हुन सक्ने बताउँदै मन्त्री बरालले थप सचेतना अपनाउन समेत प्रत्यासी उमेदवारलाई सुझाव दिए ।
गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला रुपकले देशमा समृद्धि सहित गुणस्तरिय विकासका लागि दक्ष इन्जिनीयरहरुको खाँचो भएको बताए । समुन्नत नेपाल बनाउन घोषणा पत्रमा उल्लेख भएका कुरा पालना गरे करिब तीन पुस्ता समायोजन भएको उमेदवारका प्रत्यासिहरुको जित सुनिश्चित भएको दाबी गरे । नेकपा एकिकृत मसाजबादी कास्कीका सहसचिव पूर्ण लामाले प्रगतीशिल बिचार र कार्य विना देशमा आर्थिक विकास र समृद्धि हासिल गर्न नसकिने दाबी गरे । केन्द्रिय सभापतिका प्रत्यासि उमेदवार ई.डा.हरिराम पराजुलीले एशोसियसनले इन्जिनीयरहरुको हकहितमा काम गर्न नसक्दा १५ हजार भन्दा कम तलवमा काम गर्न बाध्य हुनु परेको गुनासो गरे । देशको विकास र समृद्धि गराउने गरी दु्रत गतिमा काम गर्दा प्रत्येक वडामा ३ जना इन्जिनीयरहरु खाँचो हुने उनको दाबी छ । देशमा हाल करिब ६५ हजार इंन्जिनीयरहरु भएको पराजुलीले बताए । गण्डकी प्रदेशका अध्यक्षका प्रत्यासी ई.डा.गोविन्द प्रसाद लामिछानेले आफुहरु प्रगतीशिल पार्टी निकट संगठनको गठबन्दन भएकोले जित प्रायः सुनिश्चित भएको दाबी गरे ।
नेपाल इन्जिनीयर्स एशोसियसनको आगामी माघ ७ गते हुने ३३ औं केन्द्रिय कार्यकारिणी समिति र प्रदेशको दोश्रो कार्यकारी समितिको निर्वाचनको मिति तय भए पनि कोरोनाको तेश्रो लहरका कारण के हुन्छ भन्ने बिषयमा हाल अन्यौल भएको छ । उक्त समुहको निर्वाचन परिचालन समिति, गण्डकी प्रदेशका संयोजक विकास वाग्लेको अध्यक्षतामा उक्त कार्यक्रम भएको सचिव अनिस ढकालले बताए । गण्डकी प्रदेशमा २ हजार ५१ जना मतदाता रहेको सचिवका प्रत्यासी उमेदवार जीवन थापाले जनाए ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो