ठूलो मात्रामा अवैध लागु औषधसहित पोखराबाट दुई जना पक्राउ

ठूलो मात्रामा अवैध लागु औषधसहित पोखराबाट दुई जना पक्राउ

arrested

पोखरा। लागु औषध नियन्त्रण ब्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरीको टोलीले ठूलो मात्रामा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत विहार पश्चिम चम्पारण सरगटिया घर भएका २१ वर्षीय धर्मेन्द्र कुमार र रूपन्देही जिल्ला मर्चवारी गाउँपालिका वडा नं-५ मजगावा निवासी २० वर्षीय अविनाश यादव रहेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

तिवारीका अनुसार पोखरा महानगरपालिका -२२ स्थित सिद्धार्थ राजमार्गमा सवारी साधन चेक जाँचमा खटिएको टोलीले उनीहरुको साथबाट डाईजापाम -१७१ एम्पुल, फेनेरागन- १७१ एम्पुल र नुर्फिन – १७१ एम्पुल गरी जम्मा ५१३ एम्पुल लागु औषधसहित मोवाइल दुई थान र लु ३३ प ९३४३ नम्बरको मोटरसाइकल वरामद गरेको हो।

पक्राउ परेका उनीहरुमाथि जिल्ला अदालत कास्कीबाट पाँच दिन म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको प्रवक्ता तिवारीले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds