पोखराको भैरवचोकबाट लागु औषधसहित १९ वर्षीय युवक पक्राउ

पोखराको भैरवचोकबाट लागु औषधसहित १९ वर्षीय युवक पक्राउ

rohit

पोखरा। कास्की प्रहरीले अवैध लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका -९ न्यूरोड बस्ने १९ वर्षीय रोहित बिकलाई पोखरा -१ भैरबचोकबाट लागु औषधसहित पक्राउ गरेको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए।

तिवारीका अनुसार प्रहरीले उनको साथबाट डाईजापाम -१२१ एम्पुल, फेनारगन- १२१ एम्पुल र नुर्फिन १२१ एम्पुल गरी कूल ३६३ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीमाथि जिल्ला अदालत कास्कीबाट दश दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान कार्य अगाडि बढाइएको उनले जानकारी दिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ