तनहुँमा जीप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु

तनहुँमा जीप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु

accident

तनहुँ । तनहुँमा जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

बन्दीपुर–६ बाक्सेबाट धरमपानीका लागि छुटेको ग १ ज ६५५५ नम्बरको जीप बन्दीपुर–६ धरमपानी हटियामा शुक्रबार बेलुका दुर्घटना भएको हो ।

मृत्यु हुनेमा बन्दीपुर–६ धरमपानी बस्ने ९ महिने बालिका आरूबि थापा, २३ वर्षीय रोशन गुरूङ, ५३ वर्षीय हरिबहादुर न्यौपाने, ४८ वर्षीया सुशिलादेवी न्यौपाने, ७६ वर्षीया बिममाया गुरुङ र ४३ वर्षीय सुकबहादुर गुरुङ रहेका छन् ।

उपचारका लागि बन्दीपुर अस्पताल लगिएका उनीहरुलाई अस्पतालले मृत घोषणा गरेको हो ।

दुर्घटनामा परि सनिषा थापा, ७ महिनाकी बालिका दिविसा मगर, मम्फुली गुरुङ, कुमारिया गुरुङ र जमुना थापा घाइते भएका छन्। घाइतेमध्ये केहीको बन्दीपुर अस्पतालमा र केहीलाई थप उपचारका लागि अन्यत्र पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जीपमा १२ यात्रु थिए । जिप चालकको खोजि तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ