पोखरा । पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशको आयोजनामा ‘सर्वाङ्गिण विकासका लागि योग’ भन्ने मुल नाराका साथ सातौँ राष्ट्रिय योग दिवस मनाइएको छ ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सभासभा सदस्य मिना गुरुङले गरिन् । उनले यूवाहरुलाई यस क्षेत्रमा आकर्षण गर्नुपर्ने बताइन् । आफू योग साधक पनि भएको भन्दै पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेशलाई आफूले व्यक्तिगत रुपमा र प्रदेशको तर्फबाटपनि योग सम्वन्धी संस्थाहरुलाई सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । उनले योगलाई घरपरिवार र छरछिमेकलाई समेत यसलाई बुझाउन नसकिएको बताइन् ।
कार्यक्रममा शिक्षा, संस्कृती, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपानेले योग नृत्यको पहिलोपटक अनुभुती गरेको बताउँदै शिक्षा मन्त्रालयले यस कार्यक्रमबाट योग सम्बन्धि धेरैनै जानकारीमुलक कुराहरु प्राप्त गर्ने बताए ।
गण्डकी प्रदेश खेलकुद परिषद, पोखराका बोर्ड सदस्य योगेन्द्र शेरचनले खेलकुद क्षेत्रमा पनि योगलाई फैलाउनुपर्नेमा जोड दिए ।

यस्तै यूवा विभाग प्रमुख कमला गुरुङले पातञ्जल योग समिति नेपाल र योग दिवसको महत्वका बारेमा चर्चा गर्दै योगको बारेमा मानिसहरुलाई शिक्षा र जनचेतना फैलाउन पातञ्जलले विभिन्न क्षेत्रसंग मिलेर धेरैनै प्रयास गरिरहेको बताए ।
त्यस्तै कार्यक्रममा केन्द्रिय सदस्य तथा पातञ्जल कास्की जिल्ला संरक्षक डा. कृष्ण केसीले हिमालय पर्वत, जनकपुर र लुम्बिनीबाट नेपालमा योगको उत्पत्ती र विकास भएको चर्चा गरे ।
कार्यक्रममा करिना गुरुङ, मनिषा परियारबाट विभिन्न योग आसनहरु, खुशी अर्यालबाट एकल योग योग नृत्य, विभिन्न योग केन्द्रका सिता पौडेल , संगिता पराजुली, रुपा पाण्डे, संगिता थापा, मिना गुरुङ लगायतले योग आसनहरु, माउण्ट अन्नपूर्ण मा.विका आस्था गुरुङले राष्ट्रिय गितमा नृत्य गरेका थिए । स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्र्र्दै सहभागीलाई कम उपस्थित गराइएको आयोजक पातञ्जल गण्डकीले जनाएको छ ।
कार्यक्रम पातञ्जल योग समिति नेपाल गण्डकी प्रदेश आश्रमका रश्मी भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
सडकको नालीमा बेवारिसे भरुवा बन्दुक फेला
दोहोरो नागरिकता प्रकरणमा पक्राउ परेका दिदी–भाइ धरौटीमा रिहा
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
विदेशसम्म पुग्न थाले चापाकोटका काठे ठेकी
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
अर्जुनचौपारी स्वास्थ्य चौकी लगातार दोस्रोपटक जिल्लामै उत्कृष्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन