पर्वतमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पर्वतमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Road-Accident

पर्वत । पर्वतमा यात्रुबाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पर्वतको महाशिला गाउँपालिका–२ भोक्सिङका ३८ वर्षीय प्रितम गुरुङ रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो मोदी गाउँपालिका–५ आम्वोट नजिकै पोखरा–बागलुङ सडकमा पोखराबाट पर्वत तर्फ आउँदै गरेको ग ६ प ५५७३ नम्बरको मोटरसाइकल र बागलुङबाट बर्दियातर्फ जाँदै गरेको ग २ ख १०१३ नम्बरको बस एकआपासमा ठोक्किएका हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा पर्वत अस्पतालमा मृत्यु भएको हो ।

बसमा सवार यात्रु भने सकुशल रहेका छन् । दुवै तर्फका सवारीसाधन तीव्र गतिमा भएका कारण ठोकिएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ