आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, पेट्रोल अब प्रतिलिटर १३९ रुपैयाँ

आयल निगमद्वारा पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि, पेट्रोल अब प्रतिलिटर १३९ रुपैयाँ

काठमाण्डौ।  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँको दरले मूल्य वृद्धि गरेको हो।

वृद्धि भएको मूल्य अनुसार पेट्रोल अब १३९ रुपैयाँ र डिजेल/मटितेल १२२ रुपैयाँ पुगेको छ ।

यस्तै,आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेर १०६ र अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रति किलाेलिटर १०० डलरले बढेर ९९५ पुगेकाे छ ।

खाना पकाउने  एलपी ग्यासमा भने पहिलेकै मूल्य यथावत राख्ने निर्णय गरिएको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ