छैठौं मिस तामाङ पोखरा–२०२२ को टयालेन्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजद्धारा आयोजित प्रतियोगिताको टयालेन्ट राउण्ड अन्तर्गत शनिबार भएको प्रतियोगितामा १० प्रतियोगिहरुले आ–आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए ।
प्रतियोगिताका निणार्यकहरुमा मिस पोखराका संस्थापक राजु केसी, कोरियोग्राफर राम लामा, निलिमा तामाङ्ग र अभिनेतृ जान्वी बोहरा रहेका थिए ।
कार्यक्रममा बोल्दै आयोजक बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले मिस तामाङ्गले तामाङ्ग समुदायका युवतीहरुको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले मौलिक भाषा र संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्नका लागि कार्यक्रमलाई निरन्तरता दिइएको बताए ।
प्रशिक्षणमा तामाङ्ग जातीको भाषा, संस्कृति, रहनसहन तथा परम्पराका साथै व्यक्तित्व विकास र नेतृत्व विकासका तालिम प्रदान गरिएको कार्यक्रमका संयोजक एवं पहिलो मिस तामाङ्ग निमा तामाङ्गले जानकारी दिइन् ।
जिया तामाङ्ग, आशिका तामाङ्ग, मनिषा तामाङ्ग, पूजातामाङ्ग, रेखातामाङ्ग, कृष्टितामाङ्ग, मानसीतामाङ्ग, पेमातामाङ्ग, सृर्जनातामाङ्ग र रितिका तामाङ्ग प्रतियोगिका रुपमा रहेका छन् ।
माघ १५ गते शनिवार लेकसाईडस्थित बिजीबी रिसोर्टमा हुने प्रतियोगिताको विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्परहरु प्रदान गरिने आयोजकले जनाएको छ ।
फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसका रुपमा एकजनाले नगद २० हजार पुरस्कार समेत प्राप्त गर्ने छन् ।
सन् २०१६ देखि शुरु भएको मिस तामाङ पोखराको पहिलो संस्करणमा निमा लामा, दोस्रो संस्करण २०१७ मा दिप्ती गोम्जा, तेस्रो संस्करण २०१८ मा कविता योञ्जन, चौथो संस्करण २०१९ मा कुशुम स्याङवो तामाङ र पाँचौ संस्करणमा शशिकला तामाङ्गले ताज पहिरिन सफल भएकी थिइन् ।
सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो