स्वास्थ्य विज्ञान प्रतिष्ठानको चमेनागृहबाट १४५ एम्पुल लागु औषधसहित तनहुँका मनोज पक्राउ

स्वास्थ्य विज्ञान प्रतिष्ठानको चमेनागृहबाट १४५ एम्पुल लागु औषधसहित तनहुँका मनोज पक्राउ

arrest-1

पक्राउ परेका मनोज गुरुङ

पोखरा महानगरपालिका -१० रामघाट स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानको हाताभित्र रहेको अस्पतालको चमेना गृहबाट प्रहरीले एक व्यक्तिलाई लागु औषधसहित पक्राउ गरेको छ।

शनिबार साँझ अन्दाजी ६:३० बजेको समयमा उक्त चमेना गृहमा शंकास्पद व्यक्ति आएको भन्ने सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले चेकजाँच गर्दा तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका -७ घर भइ हाल पोखरा -१५ रामबजार पेन्सन क्याम्प बस्दै आएका ३३ वर्षीय मनोज गुरुङको साथबाट अवैध लागु औषध फेला पारेको हो ।

प्रहरीले गुरुङको साथबाट फेनारगन ४९ एम्पुल, डाईजेपाम ४८ एम्पुल र नुर्फिन ४८ एम्पुल गरी जम्मा १४५ एम्पुल लागु औषध वरामद गरेको छ।

पक्राउ परेका उनीमाथि आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइएको वडा प्रहरी कार्यालय रामबजारले जनाएको छ।

गुरुङको साथबाट वरामद भएको लागु औषध

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds