कुश्मा नगरपालिकाको कार्यालय एक साता बन्द हुने

कुश्मा नगरपालिकाको कार्यालय एक साता बन्द हुने

kushma

पर्वतको कुश्मा नगरपालिकाको सबै सेवा एक साताका लागि बन्द गरिएको छ ।

एकैपटक ठूलो संख्यामा कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि सबै सेवा एक साताका लागि बन्द गरिएको हो ।

आइतबार गरिएको एन्टीजेन परीक्षणमा कुश्मा नगरपालिकामा कार्यरत १५ जना कर्मचारी र १ जना जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमित कर्मचारी आईसोलेशनमा बस्नुपर्ने भएकाले अत्यावश्यक बाहेकका सबै सेवा यही माघ १६ गतेसम्म बन्द गरिने कुश्मा नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds